माउण्टेन इनर्जीको आइपीओ आजदेखि विक्री खुला
काठमाडौं, ३१ भदौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले यस अघि स्थगित गरेको आईपीओ बुधवार (आज) देखि विक्री खुला गरेको छ । यसअघि गत साउन ८ गतेदेखि निष्कासन गर्ने भनिएपनि बाढी पहिरोका कारण आयोजना क्षेत्रमा गएर सेवा दिन नसकिने भन्दै स्थगित गरेको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजनाबाट प्रभावित म्याग्दी र नुवाकोट जिल्लाका स्थानियका लागि आईपीओ विक्री खुला गरेको हो । १९ करोड ६८ लाख २ हजार ७ य रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि पनि सोहि रकम बराबरको आईपीओ विक्री गर्नेछ ।
स्थानिय र सर्वसाधारणका लागि गरि कुल ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार २५ गतेनै अनुमति पाएको हो ।
छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सकिने छ ।