Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपालगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा ४७ प्रतिशत बढी राजस्व संकलन

नेपालगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा ४७ प्रतिशत बढी राजस्व संकलन

नेपालगञ्ज, ७ असोज । नेपालगञ्ज भन्सारको राजस्व असुली उत्साहजनक देखिएको छ । कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य भेट्न नसकेको कार्यालय चालू आवको २ महिनामा भने लक्ष्यभन्दा औसत ४७ प्रतिशत बढी राजस्व उठाउन सफल भएको छ ।
चालु आवको पहिलो महिना साउनमा नेपालगञ्ज भन्सार कार्यालयले रू. १ अर्ब ६८ करोड राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलालाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । कार्यालयका अनुसार साउनमा रू. ९४ करोड ७५ लाख राजस्व असुलीको लक्ष्य रहेकोमा रू. ७३ करोड २५ लाख अर्थात् ५६ प्रतिशतभन्दा बढी राजस्व उठाएको छ । यस्तै भदौमा रू. १ अर्ब ६ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा रू. १ अर्ब ४६ करोड असुली भएको कार्यायलको तथ्यांक छ, जुन करिब ३८ प्रतिशत बढी हो ।
लकडाउनका कारण अवैध रूपमा सामान भित्रिने कार्य बन्द भई सबैजसो सामग्री भन्सार हुँदै आएकोले राजस्व संकलन बढेको कार्यालयले बताएकोछ । कोभिडका कारण कारण नेपाल–भारत जमुनाह सीमा नाका बन्द रहे पनि कार्यालयले दैनिकरूपमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ ।नेपालगञ्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थका साथै खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री भित्रिने गरेका छन् । कार्यालयबाट गत आव २०७६÷७७ मा रू. साढे ३ अर्ब कम राजस्व असुली भएको थियो । रू. १५ अर्ब ४३ करोड ७५ लाख लक्ष्य रहेकामा कार्यालयले रू. ११ अर्ब ७७ करोड मात्र संकलन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x