Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

थप सक्रिय बन्यो मनसुन, बाढी पहिरोको जोखिम बढ्यो

थप सक्रिय बन्यो मनसुन, बाढी पहिरोको जोखिम बढ्यो

काठमाडौं, ७ असोज । साविकका वर्षहरूको तुलनामा यतिबेला मनसुन सकिनुपर्नेमा थप सक्रिय बनेको छ । पछिल्ला २ दिनयता नियमितजसो पानी परिरहेको छ भने यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् । साथै मनसुन सक्रिय बन्दै जाँदा यसले बाढी पहिरोको जोखिम समेत बढाएको छ ।
यसपालिको मनसुन सकिने समय सेप्टेम्बर २३ अर्थात् आज हो । तर सोमवारदेखि शुरू भएर मंगलवारदेखि मुलुकभर मनसुन सक्रिय भएको छ । यस वर्षको मनसुन अक्टोबरसम्म पुग्ने अनुमान मौसमविद्ले गरेका छन् ।
अबको केही दिन मुलुकभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा ठूलो वर्षा हुने मौसमविद् मीनकुमार अर्याललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । देशको मध्य र पूर्वी क्षेत्रमा अहिले पूर्ण बदली उनको भनाइ छ । ‘देशका धेरैजसो स्थानमा वर्षा हुने र थोरै स्थानमा भारी वर्षा हुने अनुमान छ, यो क्रमम तीन दिनसम्म नै रहन्छ । कतिपय स्थानमा झरी नै पर्छ,’ उनले भने ।

मौसम खुल्न मनसुनी हावाको प्रभाव उल्टो हुनुपर्ने तर अहिलेसम्म त्यसो हुन नसकेको मौसमविद्ले बताएका छन् । त्यसैले अझै केही हप्ता मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागका अनुसार अहिले पूर्व र मध्य क्षेत्रमा रहेको मनसुनी प्रभाव आजदेखि मध्य र केही पश्चिमतिर केन्द्रित हुनेछ । त्यस क्षेत्रमा आगामी तीन दिन केही समय पानी रोकिनेछ । बदली कम हुने देखिए पनि मुलुकभर नै मनसुन सक्रिय हुने र केही स्थानमा वर्षा गराउने बताइएको छ ।
यसपटक औसतभन्दा बढी नै वर्षा भइसकेकाले जमीन गलेको छ । यो अवस्थामा थोरै पानी पर्दा नै धेरै क्षति हुने हुँदा उच्च सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् । यसपालि मनसुनका बेला ठाउँठाउँमा अतिवृष्टि भएको छ । वर्षभरिको पानी पर्ने अवस्थालाई मूल्यांकन गर्दा २४० प्रतिशत पानी परेकाले बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x