Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

देउराली जनता फर्मास्युटिकल्सद्वारा उत्पादित कोभिड लक्षित औषधिलाई विभागको अनुमति

देउराली जनता फर्मास्युटिकल्सद्वारा उत्पादित कोभिड लक्षित औषधिलाई विभागको अनुमति

काठमाडौं, ७ असोज । देउराली जनता फर्मास्युटिकल्स प्रालिले नेपालमै पहिलो पटक FAVIR-200 TAB  नामक औषधिको उत्पादन शुरू गरेको छ ।
कोभिड(१९ को उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरी उत्पादित उक्त औषधिलाई औषधि व्यवस्था बिभागबाट मंगलवार स्वीकृति प्राप्त भएको कमपनीले बताएको छ ।
कम्पनीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तत्वावधानमा कोभिड–१९ को उपचारको लागि यस औषधिलाई “Investigational Drug for Emergency Use” को अनुसन्धान गर्नको लागि Clinical Studies गरि त्यसको प्रभावकारीताको समेत नेपालकै बिरामीमा अध्ययन गर्न सहकार्य गर्ने तयारी समेत गरिरहेको कम्पनीले जानकारी दिएको छ ।
उक्त औषधिलाई नेपाली जनताको उपयोगको लागि उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था बिभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीहरुको उपचारका लागि आवश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउन सम्र्पूण तयारी गरिएको गरिसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x