असोज १६ देखि सिद्धार्थ बैंकले ३० लाख युनिट ऋणपत्र बिक्री गरिदै
काठमाडौं, ८ असोज । सिद्धार्थ बैंकले ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले आगामी असोज १६ गतेदेखि ऋणपत्र बिक्री खुला गर्न लागेको हो ।
यस मध्ये १२ लाख युनिट सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ । ८ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याज पाइने छ ।
न्यूनतम २५ इकाईदेखि अधिकत्तम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।