सन्राइज बैंकको ५०औं शाखा खजुराको सीतापुरमा
काठमाडौं, ९ असोज । सन्राइज बैंकले बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले असोज ९ गते (शुक्रवार) उक्त ठाउँमा शाखा सञ्जाल विस्तार गरेको हो । यससँगै नेपालभर सन्राइज बैंकको शाखा ५० ओटा पुगेको बैंकले जानकारी दिएको छ ।