Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अब नबिल बैंकका ग्राहकले एटीएमको पिन विर्सिए आफै नयाँ पिन राख्न सक्ने

अब नबिल बैंकका ग्राहकले एटीएमको पिन विर्सिए आफै नयाँ पिन राख्न सक्ने

काठमाडौं, ९ असोज । नविल बंैकका ग्राहकले एटीएम कार्डको पिन विर्सिए अब बैंकमा नगई आफैले नयाँ पिन राख्न सक्ने भएका छन् । बैंकले कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा ‘नबिल ग्रिन पिन’ सेवाको सुरुवात गरेसँगै ग्राहकले उक्त सुविधा प्राप्त गरेका हुन् ।

बैंकले ग्रिन पिन सेवामार्पmत ग्राहकलाई नयां“ पिन सेट गर्न र पूराना ग्राहकलाई बिर्सिएको पिन आफैले रिसेट गर्ने सुबिधा प्रदान गरिएको जनाएको छ । यस सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब हाम्रा ग्राहकहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटीएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।”

ग्रिन पिनमार्पmत पिन सेट अथवा रिसेट गर्न ग्राहकले नबिल बैंकको एटीएममा गई कार्ड मसिनमा राखेर ‘जेनेरेट ओटीपी फर पिन’ छान्नु पर्नेछ । त्यस पश्चात बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ‘ओटीपी’ कोड प्राप्त हुनेछ । त्यस पश्चात ‘इन्टर ओटीपी टु चेन्ज योर पीन’ मेनु छनौट गरि प्राप्त भएको ओटीपी राखेर पिन सेट अथवा रिसेट गर्न सकिने बैंकले जनाएको छ ।

हाल बैंकले ११९ शाखा कार्यालय र १८५ एटीएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x