Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

सांग्रिला डेभलपमेन्ट बैंकले असोज मसान्तसम्म कर्जा भुक्तानी गर्दा ब्याजमा १२ प्रतिशत छुट दिने

सांग्रिला डेभलपमेन्ट बैंकले असोज मसान्तसम्म कर्जा भुक्तानी गर्दा ब्याजमा १२ प्रतिशत छुट दिने

काठमाडौं, ९ असोज । सांग्रिला डेभलपमेन्ट बैंकले कोरोना भाइरसको महामारीबाट बैंकका ऋणी ग्राहकहरूलाई परेको असरको मूल्यांकन गर्दै बुझाउन बाँकी असोज मसान्त सम्मको ब्याज रकममा १२ प्रतिशत छुटको योजना ल्याएको छ । बैंकका ऋणीहरूले असोज मसान्त सम्ममा चुक्ता गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम सो समयसम्म भुक्तानी गरेमा ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने जनाएको छ ।

यो व्याज रकममा छुट गरिदा असार मसान्त सम्मको बैंकको आधार दरभन्दा कम नहुने गरी छुट दिईने बैंकले जनाएको छ। यो छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु हुने छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x