Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

चालू आवको पहिलो महिना २३ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह

चालू आवको पहिलो महिना २३ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह

काठमाडौं, ९ असोज । चालू आर्थिक वर्ष (आव)को पहिलो महिना साउनमा नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २३ प्रतिशतले बढेको पाइएको छ । राष्ट्र बैंकद्वारा शुक्रवार सार्वजनिक देशको वर्तमान वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनले २०७६ साउनको तुलनामा विप्रेषण आप्रवाह उक्त प्रतिशतले बढेर रू. ९२ अर्ब ७१ करोड पुगेको बढेको देखाएको हो । अघिल्लो वर्षको तुलनामा गतवर्षको यसै अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो ।
चालू आवको साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्ला वर्षको तुलनामा गतवर्षको यसै अवधिमा यो ०.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको राष्ट्र बैंकको उक्त प्रतिवेदनमा उल्लेख छ । चालू आवको पहिलो महिनामा कुल वस्तु व्यापार घाटामा २२.२ प्रतिशतले ह्रास आएर रू. ७६ अर्ब १९ करोड कायम भएको छ । गत आवको यसै अवधिमा अवधिमा यस्तो घाटा १३.९ प्रतिशतले घटेको थियो ।
चालू आवको पहिलो महिनामा कुल वस्तु निर्यात ८.९ प्रतिशतले बढेर रू. ९ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको तुलनामा गतवर्षको साही अवधिमा यो २७.७ प्रतिशतले बढेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x