Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दक्षिण एशियाली क्षेत्रमा कोभिडको प्रभाव तथा न्यूनीकरणका उपायबारे सावतीद्वारा वेबिनार आयोजना

दक्षिण एशियाली क्षेत्रमा कोभिडको प्रभाव तथा न्यूनीकरणका उपायबारे सावतीद्वारा वेबिनार आयोजना

काठमाडौं, ९ असोज । साउथ एशिया वाच अन ट्रेड, इकोनोमी एन्ड इन्भ्यारोमेन्ट (सावती)ले शुक्रवार कोरोना भाइरस (कोभिड–१९) को महामारीको असरबारे छलफलका लागि एक वेबिनारको आयोजना गरेको छ । विश्वव्यापी रूपमा फैलिएको यो महामारीको दक्षिण एशियाली क्षेत्रमा परेको प्रभाव तथा यसबाट बच्ने उपायको विषयमा उक्त वेबिनारमा छलफल भएको थियो ।
नेपालको तर्फबाट वेबिनारमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले महामारी शुरु हुनुभन्दा अघिको तुलनामा दक्षिण एशियाको आर्थिक क्षेत्र कमजोर बनेको बताए । उनले महाामारीमा दक्षिण एशियाको समग्र उत्पादनमा उल्लेख्य गिरावट देखिएकोले यसको असर अर्थतन्त्रमा परेको उल्लेख गरे । महामारीबाट पार पाउनका लागि सबै मुलुकहरुको बीचमा राम्रो सहकार्य र समन्वय जरुरी रहेको उल्लेख गरे ।
त्यस्तै वेबिनारमा सहभागी अन्य प्रतिनिधिहरूले महामारीको समयमा आपूर्ति सञ्जालमा देखिएको अवरोधहरु हटाउँदै दक्षिण एशियाली मुलुकहरूबीच सहकार्य बढाउनुपर्ने बताएका थिए । उनीहरूले महामारी शुरु हुनुअगावै पनि यस किसिमको समस्या देखिने गरेको कारण अन्तरदेशीय व्यापारमा यसले ठूलो असर पारेको बताएका थिए । सहभागीहरूले दक्षिण एशियाको व्यापार तथा आर्थिक क्षेत्रको सुधारको लागि द्विपक्षीय तथा बहुपक्षीय सम्बन्ध विस्तार गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कोरोना भाइरसको महामारीको कारण सावतीले भर्चुअल माध्यमबाट बैठक गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x