Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से परिसूचक १५६५ विन्दुमा, ३ अर्बमाथिको शेयर कारोबार

नेप्से परिसूचक १५६५ विन्दुमा, ३ अर्बमाथिको शेयर कारोबार

काठमाडौं, ११ असोज । आइतबार (आज) नेप्से परिसूचक वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक ४.२९ अंक वृद्धि भई १५६५.५५ विन्दुमा उक्लिएको हो ।

आज कारोबार रकममा पनि वृद्धि भएको छ । १९१ कम्पनीको ४२ हजार १०८ पटकको शेयर कारोबारमा एक करोड ९९ लाख ७२ हजार कित्ता शेयर ३ अर्ब १३ करोड ८२ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री सोल्टी होटल लिमिटेडको भएको छ । यो कम्पनीको ४८ करोड ५६ लाखभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

त्यस्तै सर्वाधिक शेयर मूल्य वृद्धि वेष्ट फाइनान्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ९.९२ प्रतिशत वृद्धि भएको हो । आज यो कम्पनीको शेयर मूल्य १३३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ७.११ प्रतिशत घटेको हो । आज यो कम्पनीको शेयर मूल्य १८ हजार २५ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ५ वटा समूहको सेयर मूल्य वृद्धि भएको छ भने बाँकी समूहको परिसरिसूचकमा कमी आएको छ । शेयर मूल्य वृद्धि हुनेमा बैंकिङ्ग समूह १.१ प्रतिशत, होटल समूह २.९८ प्रतिशत, विकास बैंक समूह ०.७१ प्रतिशत, वित्त समूह १.५४ प्रतिशत र म्यूचुअल फण्ड समूह ०.२६ प्रतिशत रहेका छन् ।

त्यस्तै परिसूचक घट्नेमा उद्योग समूह ०.१८ प्रतिशत, हाइड्रोपावर समूह १.०१ प्रतिशत, निर्जीवन बीमा समूह ०.९१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.४७ प्रतिशत, अन्य समूह ०.१५ प्रतिशत, लघुवित्त समूह ०.२६ प्रतिशत र जीवन बीमा समूह ०.८६ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x