Date

आइत, मंसिर ७, २०८२
Sun, November 23, 2025

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओमा १४ गतेसम्म आवेदन दिन सकिने

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओमा १४ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं, ११ असोज । जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० लाख कित्ता आईपीओ आइतवार (आज)देखि विक्री खुला गरेको छ । कम्पनीले खुला गरेको आइपीओमा लगानीकर्ताले छिटोमा असोज १४ गते र ढिलोमा २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि, १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेकोछ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
हाल कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्कासन बाँडफाँट पश्चात पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *