मेगा बैंकको १८ लाख ४० हजार ७ सय कित्ता शेयरको लिलामी खुला

काठमाडौं, ११ असोज । मेगा बैंकको १८ लाख ४० हजार ७ सय ३९.६३ कित्ता शेयर लिलामी बिक्री खुला भएको छ । बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३ सय ९४.६३ कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असोज १८ गतेसम्म रहेको छ ।

यसअघि बैंकले २०७४ भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म ६ सय ५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १८ लाख ४० हजार ७३९।६३ कित्ता सेयरमा आवेदन परेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *