मर्जरमा जाने भएपछि आरम्भ चौतारीको शेयर कारोबार रोक्का
काठमाडौं, ११ असोज । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । सिवाईसी नेपाल र शालिग्राम लघुवित्तसँग मर्जर सम्झौता गरेपछि आइतबारदेखि आरम्भ चौतारीको शेयर कारोबार रोक्का भएको हो ।
केही समयअघि मात्र आरम्भ र चौतारी लघुवित्त मर्ज भएका हुन । हाल लघुवित्तको चुक्ता पुँजी २६ करोड ३४ लाख रुपैयाँ रहेको छ । केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको यस लघुवित्तले ७७ वटा शाखा कार्यालय मार्फत ४ सय कर्मचारीले ३१ जिल्लाका ग्रामिण भेगमा वित्तीय सेवा दिदै आएका छन् ।