Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

२० अर्बको विकास ऋणपत्रको बोलकबोल आज गरिदै

२० अर्बको विकास ऋणपत्रको बोलकबोल आज गरिदै

काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकले ९ वर्षको लागि जारी गरेको २० अर्ब रूपैयाँको ऋणपत्रको बोलकबोल आज गर्ने भएको छ। राष्ट्र बैंकले आज बोलकबोल गर्ने गरी “विकास ऋणपत्र २०८६ ‘घ’ विक्रीको लागि आज सूचना प्रकाशन गरेको थियो।

बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त विकास ऋणपत्र खरिद गर्न सक्ने जनाइएको छ । यसरी खरिद गरिएको ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पनि पाइने छ।

ऋाज बोलकबोल भएपछि नेपाल राष्ट्र बैंकले भोली ऋणपत्र निष्काशन गर्ने छ। यो ऋणपत्रको साँवा भुक्तानी २०८६ सालको असोज १२ गते हुनेछ। ऋणपत्र खरिद गर्नेलाई नेपाल राष्ट्र बैंकले अर्धवार्षिक रुपमा ब्याज भुक्तान गर्ने र आर्जिक ब्याजमा ब्याजकर लाग्ने बताइएको छ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १७ अर्ब र ३ अर्व छुट्ट्याइएको नेपाल राष्ट्र बैंकले बताएको छ। ऋणपत्र खरिद गर्न चाहनेहरुले कम्तीमा पचास हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ऋणपत्र खरिद गर्न पाउनेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x