प्राइम लाईफको हकप्रद फागुन २७ बाट
काठमाडौं, ९ फागुन । प्राइम लाईफ इन्स्योरेन्सले फागुन २७ गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । इन्स्योरेन्सले १ बराबर १.६ कित्ता अर्थात १६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दैछ । उक्त हकप्रदको बिक्री बन्द वैशाख २ गते रहेको इन्स्योरेन्सले जनाएको छ ।
प्राइमले एक सय रुपैयाँ अंकित मुल्य भएको ९७ करोड ६३ लाख २० हजार रुपैयाँको ९७ लाख ६३ हजार दुई सय कित्ता हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । इन्स्योरेन्सले उक्त हकप्रद शेयर निष्कासनको लागि फागनु १७ गते शेयरदर्ता किताव बन्द गर्ने भएको छ । फागुन १६ गतेसम्म इन्स्योरेन्सको शेयर किन्ने शेयरधनीहरुले हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयरको पुँजीकरण पछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ । प्राइमको हाल चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ ।