असोज मसान्तसम्म नवीकरण शूल्क बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको निर्देशन
काठमाडौं, १३ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज मसान्तसम्म नवीकरण शूल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ। मंगलबार सूचना जारी गर्दै नेप्सेले २०७७/७८ को लागि नविकरण शूल्क बुझाउन बाँकी रहेका सूचीकृत कम्पनीहरुलाई असोज मसान्तसम्म नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
असोज मसान्तसम्म नवीकरण शूल्क नबुझाए नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरीवाना बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला