Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आज पनि घट्यो शेयर बजार, १ अर्ब ८२ करोड रुपैयाँको कारोबार

आज पनि घट्यो शेयर बजार, १ अर्ब ८२ करोड रुपैयाँको कारोबार

काठमाडौं, १३ असोज । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो ४.८३ अंक घटेको नेप्से परिसूचक आज ७.२१ अंक घटेर १५५३.६२ विन्दुमा रोकिएको छ ।

१९२ कम्पनीको ३३ हजार ९३३ पटकको कारोबारमा ७३ लाख ५ हजार १११ कित्ता शेयर एक अर्ब ८२ करोड ९८ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै आज लागनीकर्ताको हाइड्रोपावर कम्पनीतर्फ आकर्षण बढेको छ । आज अधिकांश हाइड्रोपावर कम्पनीको शेयर मूल्य वृद्धि भएको छ ।

त्यसैगरी आज अरुन कावेली पावर कम्पनी लिमिटेडको सबैभन्दा बढी मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको १७ करोड ४१ लाखभन्दा बढी रुपैयाँको शेयर खरिद विक्री भएको हो ।

कारोबारमा आएका १२ समूहमध्ये ३ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा हाइड्रोपावर समूह २.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२ प्रतिशत र म्यूचुअल फण्ड समूहको ०.२१ प्रतिशत रहेका छन् । त्यस्तै सर्वाधिक परिसूचक उद्योग समूहको २.२४ प्रतिश्त घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x