Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

काठमाडौं, १५ असोज । सरकारले दशैं, तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै यस वर्षको सुपथ मूल्य पसल आजदेखि सञ्चालन गरेको छ । काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले पाँच÷पाँच स्थानका साथै दुग्ध विकास संस्थानले तीन स्थानमा यस्तो पसल सञ्चालन गर्ने निर्णय भएको छ ।

सुपथ मूल्य पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल, दाल, कर्णालीको सिमी, फापर, खानेतेल, आटा स्यानिटाइजर, इन्डक्शन चूलो, खसीबोकालगायत, साल्ट ट्रेडिङले चिनी, नून र दुग्ध विकास संस्थानले घ्यू, पनिरलगायत खाद्यवस्तु विक्री गर्ने बताइएको छ ।

खाद्य व्यवस्था कम्पनीले काठमाडौं उपत्यकाका थापाथली, रामशाह पथ, लगनखेल, सूर्यविनायक र नक्खु विक्री केन्द्रमार्फत खाद्यवस्तु विक्री गर्ने छ भने साल्ट ट्रेडिङले घुम्ती पसलसमेत सञ्चालन गर्ने निर्णय भएको छ । यस्तै उपत्यकाबाहिर करीब १६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय भएको बताइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमवार चाडपर्व लक्षित सुपथ पसल सञ्चान गर्ने निर्णय गरेको थियो । आजदेखि सुरु भएको चाडपर्व लक्षित सुपथ पसल आगामी मङ्सिर ६ गतेसम्म सञ्चालन हुनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x