Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बैंक अफ काठमान्डूले १६ प्रतिशत लाभांश दिने घोषणा

बैंक अफ काठमान्डूले १६ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं, १५ असोज । बैंक अफ काठमान्डूले १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १३ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले १ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, २५ करोड ६४ लाख रुपैयाँ नगद लाभांश बाँड्नेछ । लाभांश नेपाल राष्ट्र बैंकले स्विकृत गरेसँगै अब हुने साधारण सभाबाट अनुमोदन गरेर वितरण गरिने छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ९१ करोड ४५ लाख रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x