मुख्य सचिवको जिम्मेवारी वैरागीलाई ,अमेरिकाको राजदूतमा खतिवडा र बेलायतमा रेग्मी सिफारिश
काठमाडौं, १५ असोज । सरकारले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाको लागि नेपाली राजदूतमा सिफारिश गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूतमा सिफारिश गरिएको हो ।
खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएपछि सरकारले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको थियो भने रेग्मीले बिहीवार नै मुख्य सचिवबाट राजीनामा गरेका थिए ।
यस्तै आजै बसेको मन्त्रीपरिषद् बैठकले मुख्य स िचवमा शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको पनि जानकारी दिए ।