Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

सानिमा जनरलको आईपीओ असोज २१ देखि

सानिमा जनरलको आईपीओ असोज २१ देखि

काठमाडौं, १५ असोज । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ३० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

उक्त आइपीओमा छिटोमा असोज २५ र ढिलोमा कात्तिक ६ गतेसम्म आवेदन दिन सक्ने छन् । सर्वसाधारणतर्फको ३० लाख कित्तामध्ये एक लाख २० हजार कित्ता कर्मचारी र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोष म्युचुअल फण्डहरुलाई बिक्री गर्नेछ। बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकत एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ। जसमा संस्थापक तर्फको ७० प्रतिशत अर्थात् ७० करोड रुपैयाँ र सर्वसाधारण समूहको ३० प्रतिशत अर्थात् ३० करोड रुपैयाँ पुग्नेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x