Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

साउनको तुलनामा भदौमा घट्यो विप्रेषण आप्रवाह

साउनको तुलनामा भदौमा घट्यो विप्रेषण आप्रवाह

काठमाडौं, १५ असोज । चालू आर्थिक वर्षको पहिलो महिना साउनको तुलनामा भदौमा विप्रेषण आप्रवाह खुम्चिएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा रू. ९२ अर्ब ७१ करोड विप्रेषण भित्रिएको छ । तर भदौमा भने रू. ८५ अर्ब हाराहारीमा विप्रेषण आएको नेपाल रेमिटर्स एशोसिएशनको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

यकिन तथ्यांक आउन बाँकी रहे पनि भदौमा साउनको भन्दा घटेर विप्रेषण आएको एशोसिएशनले बताएको छ । यद्यपि यो मासिक औषत विप्रेषणभन्दा बढी भएको एशोसिएशनको भनाइ छ । मुलुकमा सामान्य अवस्थामा मासिक औसत रू. ७३ अर्बको हाराहारीमा विप्रेषण भित्रिने गरेको छ ।
चालू आवको दुई महिनामा गत आवको सोही अवधिको तुलनामा भने विप्रेषण आप्रवाह बढेको छ । गत आवको पहिलो दुई महिनामा १ खर्ब ५३ अर्ब विप्रेषण भित्रिएकोमा चालू आवको यसै अवधिमा रू. १ खर्ब ७७ अर्ब अर्बको हाराहारीमा विप्रेषण आएको देखिएको छ, जुन १५ दशमलव ५९ प्रतिशत बढी हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत चैतमा रू. ३४ अर्ब र वैशाखमा रू. ५४ अर्ब विप्रेषण आएको थियो । त्यसयता जेठदेखि भने बढेको देखिन्छ, जसअनुसार जेठमा ९४ अर्ब, असारमा १ खर्ब १ अर्ब साउनमा ९२ अर्ब ७१ करोड र भदौमा ८५ अर्ब (प्रारम्भिक तथ्यांकअनुसार) विप्रेषण भित्रिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x