एनआइसी एशिया बैंकमा कर्जाका लागि अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौं, १६ असोवज । एनआईसी एशिया बैंकमा कर्जाका लागि अनलाइनबाटै आवेदन दिन सकिने भएको छ । आफ्ना सेवा तथा सुविधा समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै बैंकले ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको जनाएको छ।
बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने रणनीति अनुरुप अनलाइनबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको हो । यस प्रणालीले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झट समेत नहुने बैंकले विश्वास लिएको छ ।
ग्राहकले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था गरिएको छ । कर्जा लिनका लागि योग्य भए नभएको देखाउनेछ र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था छ ।
यसपछि कर्जा लिनका लागि छनौट गरेको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधिले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ ।