‘आइएमई पे’ डाउनलोड गर्नेको संख्या १० लाख नाघ्यो, टपअफ गर्नेलाई ए वान प्लस मोबाइल उपहार

काठमाडौं, १८ असोज । आइएमई पे एप डाउनलोड गर्नेको संख्या १० लाख नाघेको छ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित इएमई पे एप डाउनलोड गर्नेको संख्या १० लाख नाघेको हो ।
डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत ए वान प्लस मोबाईल उपहार प्रदान गरिने कम्पनिले जनाएको छ । यो योजना आज (१८ गते)बाट शुरु भइ अक्टोबर १५ सम्म कायम हुने कम्पनिले जनाएको छ ।
कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए ।
आइएमई पे बाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएको कम्पनिले जनाएको छ ।