Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेप्से परिसूचक १४.७१ अंक बढ्यो, ३ अर्ब १७ करोडभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचक १४.७१ अंक बढ्यो, ३ अर्ब १७ करोडभन्दा बढीको शेयर कारोबार

काठमाडौं, १८ असोज । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक १४.७१ अंक वृृद्धि भई १५८५.७५ विन्दुमा रोकिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचकसँगै कारोबार रकमा पनि वृद्धि भएको हो ।

आज १९५ कम्पनीको ४५ हजार ७६३ पटकको कारोबारमा एक करोड ७ लाख १३ हजार ७६३ कित्ता शेयर ३ अर्ब १७ करोड ८८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । आज सर्वाधिक शेयर मूल्य वृद्धि कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । यो बैंकको प्रतिशेयर मूल्य ९.८४ प्रतशित वृद्धि भएको छ । कर्पाेरेटको आज अन्तिम शेयर मूल्य २०१ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री शिवम् सिमेण्ट लिमिटेडको भएको छ । यो कम्पनीको २६ करोड ८६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको आज प्रतिशेयर मूल्य ८३० रुपैयाँ कायम भएको छ । त्यसैगरी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १९ करोड १५ लाख रपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ८९३ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये हाइड्रोपावर र म्यूचुअलफण्ड समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । हाइड्रोपावर समूहको १.१८ प्रतिशत र म्यूचुअल फण्ड समूहको ३.२१ प्रतिशत परिसूचक घटेको हो । सर्वाधिक परिसूचक वृद्धि उत्पादन ताथ प्रशोधन समूहको ४.७८ प्रतिशत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x