Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नेपालमा वार्षिक १२ अर्बभन्दा बढीको चना तथा केराउ आयात

नेपालमा वार्षिक १२ अर्बभन्दा बढीको चना तथा केराउ आयात

काठमाडौं, १८ असोज । कृषि उपजमा आत्मनिर्भर हुने रणनीतिको अभाव र भएका नीति तथा कार्यक्रमको समेत कार्यान्वयन नहुँदा नेपाल सबैजसो कृषि उत्पादनमा परनिर्भर रहँदै आएको छ । यसमा मुख्य खाद्यान्न मात्र होइन, दाल–तरकारीमा समेत आयातकै भर पर्नुपरेको चना तथा केराउको वार्षिक आयातको तथ्यांकले समेत स्पष्ट पार्छ ।

व्यापार निकासी तथा प्रवद्र्धन केन्द्र र भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्र चना तथा केराउ रू. १२ अर्ब १० करोड बराबरको भित्रिएको छ, जसमध्ये चना मात्र २ अर्ब ५ करोड र केराउ १० अर्ब ५ करोड मूल्यबराबरको आयात भएको देखिन्छ ।

आर्थिक वर्ष सन् २००८÷९ मा यी दुई वस्तुको कुल आयात रू. १ अर्ब ५१ करोड बराबरको थियो । उक्त तथ्यांकले १२ वर्षमा चना तथा केराउको आयात ८ गुणाभन्दा धेरैले बढेको देखाउँछ ।
कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउन अवधिमा समेत यी दलहन वस्तुको उल्लेख्य आयात भएको देखिन्छ । उक्त अवधिमा चना तथा केराउ रू. ४ अर्ब ३१ करोड बराबरको आयात भएको छ ।

पछिल्ला वर्षहरूमा नेपालबाट केराउको अवैध निकासी समेत हुने गरेको छ । केही दिन अघि मात्र वीरगञ्जको सीमावर्ती इनर्वा गाउँबाट प्रहरीले ६ हजार ५ सय बोरा केराउ बरामद गरेको थियो, जसको मूल्य २ करोड ६० लाख रहेको बताइएको छ । त्यसअघि पनि पटक पटक नेपालबाट भारतमा अवैध निकासी हुँदै गरेको अवस्थामा केराउ बरामद हुँदै आएका छन् । उक्त घटनाले नेपालको आवश्यकता पूरा गर्न भन्दा पनि बाहिरबाट आयात गरेर भारततर्फ केराउको अवैध निकासी तथा तस्करी बढेको देखिन्छ । नेपालमा केराउको आयात बढ्न्मा यो पनि एउटा कारण भएको सरोकारवालाहरू बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x