Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

बैंक अफ काठमाण्डूले पनि ल्यायो ग्रिन पिन सेवा

बैंक अफ काठमाण्डूले पनि ल्यायो ग्रिन पिन सेवा

काठमाडौं, १८ असोज । बैंक अफ काठमाण्डूले कार्ड बाहक ग्राहकहरुलाई सहजरुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ । यस सुबिधाबाट बैंकको नयाँ ग्राहकहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्ने जनाइएको छ।

नयाँ ग्राहकले बैंकबाट कार्ड संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्ने बैंकले जनाएको छ। यस पश्चात कार्ड बाहकहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक ओटिपि प्राप्त गर्ने छन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको नम्बर प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *