Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

आईएमई मोटर्सका ग्राहकले सन्राइज बैंकबाट विनाधितो ६० प्रतिशतसम्म कर्जा पाउने

आईएमई मोटर्सका ग्राहकले सन्राइज बैंकबाट विनाधितो ६० प्रतिशतसम्म कर्जा पाउने

असोज २०, असोज । सन्राइज बैंक र आईएमई समूहद्वारा सञ्चालित नेपालका लागि अशोक लेल्याण्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारीक विक्रेता आईएमई मोटर्स प्राइभेट लिमिटेडबीच कर्जा सुविधासम्बन्धी समझदारी भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएमई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार आईएमई मोटर्सका ग्राहकले उक्त सवारी साधन खरिदका लागि विना धितो खरिद मूल्यको ६० प्रतिशतसम्मको कर्जा सुविधा पाउने बैंकले बताएको छ ।
कर्जाको मासिक किस्ता ईएमआईको आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिन भित्र उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *