चाडपर्व लक्षित गर्दै प्रहरी प्रशासनले बढायो सुरक्षा सतर्कता र निगरानी

काठमाडौं, २० असोज । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै सुरक्षा निकायले सुरक्षा सतर्कता र निगरानी बढाएको छ । विशेषगरी चाडपर्वका बेला हुन सक्ने कालोबजारी, उपभोग्य वस्तुको मूल्यवृद्धि, म्याद गुज्रेका तथा अखाद्य वस्तुको विक्रीवितरणका साथै चोरी र लुटपाट जस्ता घटना न्यूनीकरणका लागि प्रहरी प्रशासनले अग्रसरता लिएको हो । काठमाडौं उपत्यकामा सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरीतका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाइएको उनको भनाइ छ । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ ।
राससका अनुसार महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मातहतका कार्यालय प्रमुखलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिएका छन् । प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा चुस्त पार्ने तयारीसमेत थालेको छ । सम्भावित जोखिम क्षेत्रमा प्रहरी टोली परिचालन गर्न शुरुआत समेत गरिएको छ ।
सोही अभियान अन्तर्गत केही दिन अघि प्रहरीले मिति सकिएको रू. ४ करोड बराबरको खाद्य वस्तुमा नयाँ मिति राखेर विक्री गर्न खोज्ने सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । उनका अनुसार यही असोज १८ गते काठमाडौं महानगरपालिका १४ कलंकीस्थित प्रवीणकुमार बन्कासहितका व्यक्तिले सञ्चालन गरेको एएसटी कम्पनीमा मिति सकिएको खाद्य सामग्रीमा नयाँ मिति टाँसेर बजार लैजाने तयारी गर्दैगर्दा सात जनालाई पक्राउ गरिएको थियो ।
रुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताए । उनका अनुसार मिति सकिएका सामग्रीमा नयाँ मिति राखेर विक्री वितरण गर्न लागेको सूचना आएपछि काठमाडौंको कलंकी र बाफल क्षेत्रमा खोजी गर्दा अवैध क्रियाकलापमा संलग्न आठ जनालाई पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *