Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

विश्व अर्थतन्त्रको वृद्धिदर ४.४ प्रतिशतमा खुम्चने आईएमएफको प्रक्षेपण

विश्व अर्थतन्त्रको वृद्धिदर ४.४ प्रतिशतमा खुम्चने आईएमएफको प्रक्षेपण

वाशिङ्टन डीसी, २८ असोज । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले विश्व अर्थतन्त्रको वृद्धिदरबारे नयाँ प्रक्षेपण गरेको छ । कोषले सन् २०२० मा विश्वव्यापी अर्थतन्त्रको वृद्धिदर ४.४ प्रतिशतमा खुम्चने बताएको छ, जुन यसअघि गरिएको प्रक्षेपणभन्दा ०.८ प्रतिशत बढी हो ।
समग्र विश्वको आर्थिक वृद्धिदरका प्रक्षेपणमा संशोधन गर्दै हालै सार्वजनिक गरिएको ‘वल्र्ड इकोनोमिक आउटलुक’ शीर्षकको प्रतिवेदनमा कोषले यस्तो उल्लेख गरेको हो । विश्व अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेकाले उक्त संशोधन गरिएको कोषले बताएको छ ।
कोरोना भाइरसको महामारीबाट चीनको अर्थतन्त्रमा छिट्टै सुधार आए पनि तापनि विश्व अर्थतन्त्रको सामु भने थुपै्र अवरोध कायमै रहेको प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनका अनुसार सन् २०२० मा चीनले १.९ प्रतिशतको सकारात्मक वृद्धिदर हासिल गर्नेछ । सन् २०२१ मा भने विश्व अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढ्ने प्रक्षेपण कोषले गरेको छ । यो गत जुन महिनामा गरिएको प्रक्षेपणभन्दा ०.२ प्रतिशत कम हो । एजेन्सी

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x