Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

एन्टिजेनमा आधारित कोरोना परीक्षण : पीसीआरको भन्दा सस्तो शुल्क, छिटो नतिजा आउने

एन्टिजेनमा आधारित कोरोना परीक्षण : पीसीआरको भन्दा सस्तो शुल्क, छिटो नतिजा आउने

काठमाडौं, २८ असोज । सरकारले अब कोरोना भाइरस (कोभिड–१९)को परीक्षण एन्टिजेन विधिबाट गर्ने भएको छ । राष्ट्रिय कोभिड–१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेनमा आधारित विधिबाट कोरोना भाइरसको परीक्षण परीक्षण गर्न लागिएको मंगलवार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
प्रवक्ता गौतमका अनुसार अनुसार एन्टिजेनमा आधारित परीक्षणका लागि एफडीए यूएई मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त गरेका किटमात्र सूचीकृत हुनुपर्ने राससमा उल्लेख छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको अनुमति प्राप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गराउन पाउनेछन् ।
एन्टिजेनमा आधारित कोभिड परीक्षणको शुल्क पीसीआरको भन्दा सस्तो हुनेछ । नेपालमा हाल पीसीआर परीक्षणको न्यूनतम शुल्क पनि २ हजार रहेकोमा एन्टिजेन विधिबाट परीक्षण गर्न १ हजार रुपैयाँ मात्र तोकिएको प्रवक्ता गौतमले बताए । मन्त्रालयले पछि यसको समयानुकूल परिमार्जन समेत गर्ने उनको भनाइ छ ।
यस्तै उक्त विधिबाट गरिएको परीक्षणको नतिजा पनि पीसीआर परीक्षणको भन्दा छिटो हुने विशेषज्ञहरूले बताएका छन् । हाल पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको दिनदेखि ४८–७२ घण्टामा मात्र नतिजा थाहा हुने गरेको छ । पीसीआर परीक्षणको रिपोर्ट ६–८ घण्टामै आउने भए तापनि विभिन्न कारणले ढिलाइ हुने गरेको छ । तर यसको तुलनामा एन्टिजेनमा आधारित परीक्षण गर्दा धेरै छिटो (१५ मिनेटमा) नतिजा आउन सक्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x