पाटाको सचिव/कोषाध्यक्षमा पाण्डे

काठमाडौं, २७ असोज । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रालिका अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष (२०१३–१८) सुमन पाण्डे पाटाको सचिव/कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । विभिन्न ७७ मुलुकका ६ हजार भन्दा बढी सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संघ, प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) को सोमवार भएको अनलाइन चुनावमा पाण्डेले मलेशियन प्रतिद्वन्द्वी फइज फधीलिल्लाहलाई पराजय गरेका हुन् । त्यस्तै भियतनामका उम्मेदवार हाई होे, कम्बोडियाका प्रतिस्पर्धी डा। सोखोम थोक विरुद्ध उपाध्यक्ष पदमा विजय भएका छन् भने वर्तमान उपाध्यक्ष सिंगापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्षता गर्नेछन् ।