Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सन्राइज बैंकद्वारा सार्वजनिक विद्यालयमा अनलाईन शिक्षाको लागि ३ लाख सहयोग

सन्राइज बैंकद्वारा सार्वजनिक विद्यालयमा अनलाईन शिक्षाको लागि ३ लाख सहयोग

काठमाडौं, २७ असोज । सन्राइज बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा समाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लब काठमाडौंलाई ३ लाख रुपैंया सहयोग गरेको छ । बैंकले महिला अधिकारसम्बन्धि काम गर्दै आएको जोन्टा क्लबलाई ३ लाख रुपैंया सहयोग गरेका हो ।

क्लबले काठमाडौंमा कोरोना भाइसरको कारण पढाई रोकिएको सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई अनलाइन शिक्षा सुरु गरेकोले बैंकले पनि सहयोग गरेको हो । यसमा नेपालको सबभन्दा पुरानो र ऐतिहासिक विद्यालय, दरबार हाईस्कूलमा उनीहरुले अनलाइनबाट कक्षा गर्ने तयारी भइरहेको छ । क्लबले बालबालिकाहरु र त्यसमा पनि विशेष गरी केटीहरू पीडित हुने हुँदा निजी र सार्वजनिक विद्यालयहरूको शिक्षामा फराकिलो अन्तर हुने पाइएकोले विद्यालयमा अनलाइन शिक्षा शुरू गर्न आवश्यक भएको बताएको छ ।

जोन्टा क्लब काठमाडौं २०१२ मा जोन्टा इन्टरनेसनलअन्तर्गत स्थापना भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x