Date

शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नतिमा १ करोड विनियोजन

मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नतिमा १ करोड विनियोजन

काठमाडाैं, ७ कार्तिक । घारापछ्याङ गाउँपालिकाभित्र पर्ने मार्फा–छैरो–चिमाङ सडक खण्ड स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारबाट १ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो बजेट आर्थिक वर्ष २०८२/८३ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छुट्याएको हो।

मार्फा हुँदै छैरो र चिमाङ गाउँ जोड्ने उक्त सडक पछिल्ला वर्षहरूमा उपेक्षित रहँदै आएको थियो। अब यसलाई सुधार तथा कालोपत्रे गर्नका लागि बहुवर्षीय योजना अन्तर्गत अघि बढाउने तयारी भइरहेको मुस्ताङको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख अजयकुमार श्रेष्ठका अनुसार मार्फा–छैरो पुल हुँदै कालिगण्डकी नदी पारेर चिमाङतर्फ जाने सडकलाई बहुवर्षीय योजनामा समेट्ने प्रस्ताव गरिएको छ। प्रारम्भिक चरणमा माटो सडक सुधार र आवश्यक भागमा कालोपत्रे गर्ने योजना रहेको उनले बताए।

“हाल उक्त क्षेत्रमा सडक निर्माणको कार्य स्थगित गरिएको छ,” श्रेष्ठले भने, “यदि यसलाई बहुवर्षीय कार्यक्रमको रूपमा स्वीकृति दिइयो भने कार्यालयले त्यसअनुसार अघि बढ्नेछ।”

बेनी–जोमसोम सडकको करिब ७६ किलोमिटर खण्डमा पर्ने मार्फा–छैरो–चिमाङ भाग लामो समयदेखि सुधारको पर्खाइमा रहेको छ। स्थानीयवासीले पनि सडक सुधार कार्यले आवागमन र आर्थिक गतिविधिमा सहजता ल्याउने अपेक्षा राखेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *