Date

शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

न्युजिल्यान्डमाथि शानदार जित, भारत महिला टोली सेमिफाइनलमा

न्युजिल्यान्डमाथि शानदार जित, भारत महिला टोली सेमिफाइनलमा

काठमाडाैं, ७ कार्तिक । भारतले न्युजिल्यान्डलाई ५३ रनले पराजित गर्दै आइसीसी महिला क्रिकेट विश्वकप २०२५ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। वर्षा प्रभावित खेलमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै लिग चरणको यो जितसँगै अन्तिम चारमा प्रवेश गरेको हो।

पहिले ब्याटिङ गर्दै भारतले ४९ ओभरमा ३ विकेट गुमाउँदै ३४० रनको विशाल योगफल बनायो। वर्षाका कारण खेल ४९ ओभरमा सीमित गरिएको थियो, तर पछि फेरि घटाएर ४४ ओभर बनाइयो। सोहीअनुसार न्युजिल्यान्डलाई ४४ ओभरमा ३२५ रनको लक्ष्य दिइएको थियो।

लक्ष्य पछ्याउँदै न्युजिल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २७१ रन मात्र बनाउन सक्यो।

भारतीय टोलीका लागि ओपनर प्रतिका रावलले शानदार १२२ रनको शतकीय पारी खेलिन्। स्मृति मन्धानाले १०९ रनको योगदान दिइन् भने जेमिमा रोड्रिग्सले ७६ रन बनाएर बलियो साझेदारी तयार गरिन्।

बलिङतर्फ रेणुका सिंह ठाकुर र क्रान्ति गौडले दुई-दुई विकेट लिए। यस जितसँगै भारत अष्ट्रेलिया, इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकापछि सेमिफाइनलमा पुग्ने चौथो टोली बनेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *