नेप्से परिसूचक ९ अंकले घटेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं, २७ असोज । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ९.४२ अंक घटेर १५६८.५९ विन्दुमा रोकिएको हो ।
त्यस्तै लगातर २ अर्बभन्दा माथिको कारोबार हुँदै आएको बजारमा आज एक अर्ब ८१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । हिजो एक अर्ब ९४ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । १९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर खरिद विक्री भएको छ ।
त्यसैगरी अरुण कावेली हाइड्रोपावर लिमिटेडको आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ११ करोड २६ लाख रुपैयाँभन्दा बढीको शेयर खदिर विक्री भएको छ ।
आज कारोबारमा आएका १२ समूहमध्ये उद्योग, उत्पादन तथा प्रशोधन र म्यूच्युअल फण्ड समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । उद्योग समूहको ०.१४ प्रतिशत, उत्पदान तथा प्रशोधन समूहको ०.३५ प्रतिशत र म्यूचुअल फण्ड समूहको ०.४५ प्रतिशत परिसूचक वृद्धि भएको हो ।