Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चालू आवको प्रथम त्रैमासमा फस्र्ट माइक्रोफाइनान्सको नाफामा १०.७२ प्रतिशतको बृद्धि

चालू आवको प्रथम त्रैमासमा फस्र्ट माइक्रोफाइनान्सको नाफामा १०.७२ प्रतिशतको बृद्धि

काठमाडौं, ३ कात्तिक । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा संस्थाले २ करोड ९७ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १०.७२ प्रतिशतले ले बढी हो ।

संस्थाको खुद ब्याज आम्दानी २४.१९ प्रतिशतले बढेर ५ करोड २७ लाख ५७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ११.३६ प्रतिशतले बढेर ४ करोड ७१ लख ६८ हजार रुपैयाँ पुगेको छ ।

यस्तै संस्थाको जगेडा कोष ८० करोडबाट बढेर ८७ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x