Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शेयर बजार १२.४७ अंकले बढ्यो, १ अर्ब २४ करोड बढीको कारोबार

काठमाडौं, ४ कात्तिक । मंगलबार (आज) शेयर बजार परिसूचक १२.४७ अंकले बढेको १५ सय ८२.८४ विन्दुमा पुगेको छ। आज कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्रमा नेप्से उकालो चढेको हो ।

१२ वटै समूहको उपसूचक सकारात्मक छ । सबैभन्दा धेरै बृद्धि भने जीवन बीमा समूहको ७३.२५ अंकले भएको छ।

कारोबार पनि १ सय ९३ कम्पनीको १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७ सय ७ रुपैयाँको भएको छ। सबैभन्दा बढी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९.९१ प्रतिशत वृद्धि भएको छ । आज सबैभन्दा धेरै कमाउने कम्पनी नै जनरल इन्स्योरेन्स भएको छ। कम्पनीको शेयर प्रतिकित्ता ४ सय ८८ रुपैयाँमा कारोबार भएको छ।

यस्तै नेपाल फाइनान्सको शेयर मूल्यमा भने १.८६ प्रतिशतले कमि आएर प्रतिकित्ता शेयर मूल्य ३ सय १७ रुपैयाँ कायम भएको छ। सबैभन्दा धेरै शेयर कारोबार भने अरुण कावेली पावर लिमिटेडको भएको छ । आज यो कम्पनीको प्रतिकित्ता २ सय ६६ रुपैयाँका दरले ८ करोड ८२ लाख ९२ हजार ९ सय रुपैयाँको शेयर खरिद–बिक्री भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x