दशैंमा पाँच दिन बैंकहरु बन्द हुने

काठमाडौं, ४ कात्तिक । यो वर्ष दशैंको पाँच दिन बैंकहरु बन्द हुने भएको छ । नेपाल बैंकर्स संघले कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै दशैंको फुलपातीदेखि टिकाको भोलीपल्टसम्म कुनै पनि बैंकका शाखाहरु नखोल्ने निर्णय गरेका हुन ।

गत वर्ष बडादशैंका बिदामा समेत सिमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गर्ने गरेका थिए ।

संघले शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *