Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जामा झीनो वृद्धि

बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जामा झीनो वृद्धि

काठमाडौं, ६ कात्तिक । नेपालका बैंक तथा वित्तीय संस्थाद्वारा निजीक्षेत्रमा प्रवाहित कर्जा झीनो अंकले बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले गत भदौ महिनासम्ममा अघिल्लो वर्षको तुलनामा यस्तो कर्जा ०.५ प्रतिशतले बढेको छ देखाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा भने ९.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.५ प्रतिशतले र विकास बैंकहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको १.७ प्रतिशतले घटेको छ ।
भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.३ प्रतिशत र १३.७ प्रतिशत रहेको थियो ।
चालू आर्थिक वर्ष २०७७÷७८ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले र निर्माण क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले घटेको छ भने यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १.७ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा २.८ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ४.७ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १.३ प्रतिशतले, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ७.९ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x