फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाम परिवर्तन
काठमाडौं, १४ कात्तिक । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गरिएको छ ।
कम्पनीको गत पुस २९ सम्पन्न सातौं वार्षिक साधारण सभाको निर्णय तथा असोज २८गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत पत्रको आधारमा नाम परिवर्तन गरिएको हो । यस कम्पनीको केन्द्रीय कार्यालय सुनसरीको दुहवीमा रहेको छ ।