Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अपि पावरको हकप्रद शेयर बिक्री खुला

अपि पावरको हकप्रद शेयर बिक्री खुला

काठमाडौं, १४ कात्तिक । अपि पावरको आजदेखि हकप्रद शेयर बिक्री खुला भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो ।

यसमा मंसिर ४ गतेसम्म आवेदन दिन पाइनेछ । २०७६ साल फागुन ३० गतेसम्म कायम शेयरधनीले यो हकप्रद भर्न पाउनेछन् । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले यस हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सक्नेछन् ।

धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ । चुक्ता पुँजी १ अर्ब ९ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x