Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोभिड प्रभावित अर्थतन्त्र सबैको साथ र सहयोगमा उकास्न सकिन्छ : अर्थमन्त्री पौडेल

कोभिड प्रभावित अर्थतन्त्र सबैको साथ र सहयोगमा उकास्न सकिन्छ : अर्थमन्त्री पौडेल


काठमाडौं, १५ कात्तिक । अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ महामारीका कारण प्रभावित अर्थतन्त्र सबैको साथ र सहयोगमा उकास्न सकिने बताएका छन् । मुलुकको पछिल्लो आर्थिक अवस्था, सरकारको कामकारबाही लगायत विषयमा राससले लिएको अन्तर्वार्ताको क्रममा उनले सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाहरूको आपसी सहकार्यमै कोभिड–१९ बाट सिर्जित चुनौतीहरूको सामना गर्न सकिने उल्लेख गरेका हुन् ।
कोभिड–१९ का कारण आर्थिक वृद्धिदर घट्ने र बेरोजगारी बढ्ने अवस्था देखिएको भन्दै उनले विषम परिस्थितिमा अर्थतन्त्रलाई गति दिन आपूmले ६ वटा क्षेत्रमा जोेड दिएको बताएका छन् । ‘जसअन्तर्गत बजेटको प्रभावकारी कार्यान्वयन, यसैसँग सम्बन्धित पूँजीगत खर्चको बढोत्तरी, चालु खर्चमा मितव्ययिता, कोभिड–१९ बाट प्रभावित विपन्न तथा गरीब वर्गलाई राहत, अतिप्रभावित आर्थिक क्षेत्रलाई सहयोग र सरकारको बढ्दो खर्चको आवश्यकता परिपूर्ति गर्न वित्तीय स्रोतको प्रभावकारी व्यवस्थापन रहेका छन्,’ उनले भने, ‘अहिलेलाई कम्तीमा यति ग¥यौं भने अर्थतन्त्रले गति लिन सक्छ ।’
उक्त कार्यहरूमा राजनीतिक दल, निजी क्षेत्र, सञ्चारकर्मी, सरोकारवाला र आमजनसमुदायको पनि सक्रिय सहभागिताको अपेक्षा उनले गरेका छन् । यसका लागि आपूmले आत्मविश्वासका साथ काम थालिसकेको समेत उनले बताएका छन् ।
कोरोना संक्रमणको बीच पनि सरकारले अर्थतन्त्रलाई चलायमान राख्ने केही काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले प्रभावित व्यवसायहरूलाई राहत दिन सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको कार्यान्वयन शुरू भएको बताए । अब स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर आर्थिक गतिविधि अघि बढाउन सबै क्षेत्रलाई उनले आग्रह गरेका छन् । उत्पादनका भौतिक संयन्त्रमा कोभिड–१९ ले खासै असर नगरेकाले सरकारले अघि सारेका कार्यक्रमको कार्यान्वयन र संक्रमण घट्दै गएपछि अर्थतन्त्र चलायमान हुने र भी आकारमा पुनरुत्थान हुने अपेक्षा उनको छ ।
कोरोनाले सबै व्यक्ति, वर्ग र क्षेत्रका मानिसहरूलाई असर गरेकोमा असरको मात्रा केही फरक छ र त्यसलाई थेग्न सक्ने क्षमता पनि फरक फरक उनले बताए । निकै विपन्न वर्ग र समुदायका व्यक्तिहरूलाई बाँच्नको लागि राहतको खाँचो रहेको भन्दै उनले त्यसका लागि समीक्षा गरेर नयाँ ढंगले अघि बढ्ने बताए । ‘अति प्रभावित आर्थिक क्षेत्रहरूलाई विशेष सहयोग गरेर पुनरुत्थान गर्नेछौं,’ उनले भनेका छन्, ‘बजेट र मौद्रिक नीतिले अबलम्बन गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका साथै प्रभावित क्षेत्रका सरोकारवालाहरूसँग छलफल र परामर्श गरेर थप कार्ययोजना तर्जुमा गर्नेछौं ।’
कोभिड प्रभावित निजी क्षेत्रको भनाइ तथा मागलाई आफूले सकारात्मक रूपमा लिएको भन्दै उनले यसमा थप छलफल र परामर्श गर्ने क्रममा समेत बताए । सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाहरूको आपसी सहकार्यमै आर्थिक समृद्धिको लक्ष्य हासिल हुनेमा आफू स्पष्ट रहेको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x