Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्ररूपमा अघि बढाइने

दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्ररूपमा अघि बढाइने

धनगढी, १६ कात्तिक । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महाकाली नगरपालिकाको दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माण तीव्ररूपमा अघि बढाइने बताएका छन् । शनिवार कैलालीको गोदावरी नगरपालिकास्थित निवासमा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री भट्टले भारतसँग अन्तिम छलफल गरी हस्ताक्षर भएपछि बोलपत्र प्रक्रियामार्फत निर्माण अघि बढाइने बताए ।
दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणका लागि भारतको वन क्षेत्र मात्र १२ किलोमिटर बढी पर्ने भएकाले मायापुरीमा सुक्खा बन्दरगाह बनाउन भारत सहमत भएको उनको भनाइ छ । ‘कञ्जभोगमा बस्ती हटाउनुपर्ने थियो । यता बस्ती पनि हटाउनु पर्दैन,’ उनले भने, ‘बन्दगाह निर्माणका लागि आवश्यक १ हजार बिगाहा जग्गा समेत छ, यो नै बन्दगाह निर्माणका लागि अन्तिम निर्णय हो ।’
महाकाली नदीमा बन्न लागेको छ लेनको पुल नजिकैको क्षेत्रमा बन्दगाह निर्माण हुने उनले बताए । सुक्खा बन्दगाहसँग जोडिएको क्षेत्रलाई ‘क्रसबोर्डर इकोनोमिक करिडोर’का रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ । भारतको नयाँदिल्ली नजिक पर्ने भएकाले छोटो मार्गका रूपमा समेत रहेको चर्चा गर्दै उनले ‘एशियन हाइवे’सँग यस क्षेत्रलाई जोड्ने योजनासमेत रहेको बताए ।
यसअघि कञ्चनपुरको दोधारा–चाँदनीस्थित महाकाली नगरपालिका–७ मा सुक्खा बन्दरगाह निर्माणका लागि पुनः अध्ययन समिति गठन गरिएको थियो । ४ वर्षअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको इन्टरमोडल यातायात विकास समितिले दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरे पनि हालसम्म काम अघि बढेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x