Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पूर्वका अधिकांश उद्योग अझै पनि आधा क्षमतामै सञ्चालन

पूर्वका अधिकांश उद्योग अझै पनि आधा क्षमतामै सञ्चालन

मोरङ, १६ कात्तिक । लामो समयको लडकडाउन तथा निषेधाज्ञा हटिसके पनि सुनसरी–मोरङ करिडोरका अधिकांश उद्योगको उत्पादन अझै पनि बढ्न सकेको छैन । उक्त करिडोरका खाद्यान्न बाहेकका उद्योग आधा क्षमतामा मात्र सञ्चालन भएका छन् ।
सम्बद्ध श्रमिक÷कर्मचारीमा कोभिड संक्रमण तथा उत्पादित वस्तुको बजार माग घटेकाले पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न नसकिएको सम्बद्ध उद्योगी व्यवसायीको भनाइ छ । महामारीको अवस्था नघटेकाले तत्कालै औद्योगिक उत्पादन बढ्ने अवस्था देखिएको छैन ।
बजारमा माग नबढेसम्म उद्योगहरूको उत्पादन बढ्न नसक्ने नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ का कार्यवाहक अध्यक्ष राजेन्द्र राउतको भनाइ छ । हाल यस क्षेत्रका अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालनमा रहेको उनले बताए ।
उक्त औद्योगिक करिडोरका मुख्यगरी सिमेन्ट, रड, इँटा, कपडा, धागो, जुट लगायतका उद्योगको उत्पादनमा ह्रास आएको छ । सामान्य अवस्थामा तीन सिप्mटसम्ममा सञ्चालन हुने यहाँ उद्योगहरू हाल एक–दुई सिप्mटमा मात्र चल्दै आएका छन् । लकडाउन हटेको दुई महिना उद्योगको उत्पादन अवस्थामा सुधार आए पनि पछिल्ला दिनमा सम्बद्ध मजदूर एवं कर्मचारीमा कोभिड संक्रमण देखिन थालेपछि उत्पादन ५० प्रतिशतमा सीमित भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको भनाइ छ ।
उक्त औद्योगिक कोरिडोरमा ५०० उद्योग रहेका छन् । यद्यपि महामारीका कारण ती उद्योगहरू शतप्रतिशत क्षमतामा चल्न नसक्दा २० हजार श्रमिक÷कर्मचारीले बेरोजगारी गुमाएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x