Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल फाइनान्सको हकप्रद मंसिर ४ देखि विक्री खुला

नेपाल फाइनान्सको हकप्रद मंसिर ४ देखि विक्री खुला

काठमाडौं, १६ कात्तिक । नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद शेयर मंसिर ४ गतेदेखि विक्री खुला हुने भएको छ । कम्पनीले १ बराबर १.२५ को अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।

मंसिर २४ गतेसम्म विक्रीमा रहने कम्पनीको हकप्रद शेयरमा कात्तिक ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि कात्तिक ६ गते एक दिन बुक क्लोज गरेको थियो ।

हकप्रद शेयर विक्री गर्न उक्त कम्पनीले गत फागुन २९ गते बोर्डमा निवेदन दिएको थियो । यस हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ ले कम्पनीको आधारहरु कमजोर रहेको संकेत गर्दछ ।

हकप्रद पश्चात कम्पनीको भुक्ता पुँजी ३० करोड ५५ लाख ५१ हजार रुपैयाँ पुग्नेछ । हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x