Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल बैंकको पहिलो त्रैमासमा नाफा घट्यो

नेपाल बैंकको पहिलो त्रैमासमा नाफा घट्यो

काठमाडौं, १६ कात्तिक । नेपाल बैंकको चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ । बैंकद्वारा प्रकाशित वित्तीय विवरण अनुसार बैंकको नाफा ५.३९ प्रतिशतले घटेर ५५ करोड ४ लाख १९ हजार रुपैयाँ कायम भएको छ।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा लगायत अधिकांश सूचकमा सुधार भएपनि तिर्न बाँकी कर रकम बढेका कारण खुद नाफामा संकुचन आएको हो । पहिलो त्रैमासको अन्त्यसम्म खुद ब्याज आम्दानी ११.५४ प्रतिशत र सञ्चालन नाफा २७.५९ प्रतितशले बढेको छ ।

यस्तै वितरण योग्य नाफा १९ करोड ६४ लाख ६४ हजार रुपैयाँ छ । नेपाल बैंकको कस्ट अफ फन्ड घटेको छ । यसको प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ४९ पैसा छ । तर खुद नाफामा संकुचन आउँदा प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७२ पैसाबाट घटेर १९ रुपैयाँ ५१ पैसामा समिति भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x