Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

लक्ष्मी बैंकलाई एडिबीको अग्रणी साझेदार बैंकको सम्मान

लक्ष्मी बैंकलाई एडिबीको अग्रणी साझेदार बैंकको सम्मान

काठमाडौं, १६ कात्तिक । एसियाली विकास बैंक (एडिबी) ले लक्ष्मी बैंकलाई अग्रणी साझेदार बैंकको रुपमा सम्मानित गरेको छ । एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा सम्मान प्राप्त गरेको छ ।

एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामसँग सन् २०१९ जुलाइ १ देखि सन् २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमकाबीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

लक्ष्मी बैंकले हाल ४८ जिल्लामा १ सय २१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १ सय ५१ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्ट मार्फत वित्तीय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x