Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनमा चुनौती

नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनमा चुनौती

काठमाडौं, १५ कात्तिक । नेपालमा चिया खेती शुरू भएको एक शताब्दीपछि स्वदेशी अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि आफ्नै ट्रेडमार्क लागू गए पनि यसको कार्यान्वयनमा चुनौती देखिएको छ । करिब १ महिनाअघि सरकारले नेपालका ४१ चिया उद्योगमध्ये पहिलो चरणमा १२ वटालाई एकसाथ ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालय’ नामक व्यापार चिह्न प्रदान गरेको थियो ।
३ वर्षअघि नै जारी गरिएको अर्थोडक्स चियाको ट्रेडमार्क वितरण गरिए पनि यसको कार्यान्वयनमा जटिलता रहेको छ । ट्रेडमार्क पाएपछि अब अन्तर्राष्ट्रिय बजारमा ट्रेडमार्क लगाएर चिया पठाउन समस्या नभए पनि स्वदेशी चियाको ब्राण्ड प्रवद्र्धनका लागि सम्बन्धित मुलुकमा दर्ता गरेर स्वीकृति पाउनु पर्छ, जुन प्रक्रिया निकै चुनौतीपूर्ण रहेको बताइएको छ ।
नेपालले भारत, अमेरिका र युरोपियन युनियन (ईयू)मा चियाको ट्रेडमार्क दर्ताका लागि पठाएको दुई वर्ष बित्तिसक्दासमेत प्रतिक्रिया नआएको सरकारी स्रोतको भनाइ छ । नेपालबाट ठूलो परिमाणमा चिया जाने देशबाटै स्वीकृति नआउँदा यसको कार्यान्वयन जटिल देखिएको केन्द्रीय चिया सहकारी संघका महासचिव रवीन राईको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
अहिले उद्योगले लोगो लगाएर पठाए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली ट्रेडमार्कको बारे खासै जानकारी नभएको उनको भनाइ छ ।
सरकारले नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४ बनाएर कार्यान्वयन प्रक्रिया थाले पनि अहिलेसम्म विदेशमा लोगो दर्ता गर्ने र उद्योगीलाई लोगो दिने बाहेक अन्य काम हुन सकेको छैन । यसले पनि लोगो कार्यान्वयन सहज नभएको हिमालयन अर्थोडक्स टि प्रोड्युसर्स एशोसिएशनका पूर्वअध्यक्ष एवं चिया उद्योगी उदय चापागाईं बताउँछन् । यस्तै विभिन्न प्रावधानका कारण चिया उद्योगले ट्रेडमार्क पाउन समेत सहज नभएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा ट्रेडमार्क दर्ता गराए पनि स्वीकृति नभएको चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनाल बताउँछन् । उनका अनुसार ट्रेडमार्क दर्ता गराएकामध्ये भारत र अमेरिका ट्रेडमार्कप्रति सकारात्मक प्रतिक्रिया यूरोपमा नेपाली चियाको बारेमा कम जानकारी भएकाले ट्रेडमार्क स्वीकृति हुन लामो समय लाग्न सक्ने उनको बुझाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x